२०८१ बैशाख १४ , शुक्रवार

प्रभु बैंक र सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर बिच आकर्षक छुट गर्ने सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरा स्थित सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्रा. लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाटपोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचनर सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्रा. लि.का तर्फ बाट अध्यक्ष गोकर्ण कार्कीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र उक्त जिम सेन्टर बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनु भएका सम्पूर्ण ग्राहक महानुभावहरुलेसिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्रा. लि.द्धारा सञ्चालितसेवाहरुमा तल उल्लेखित छुट प्राप्त हुने भएको छ । (सदस्यता शुल्क फेरबदल हुनसक्ने सम्भावना जानकारी गराउँदछौ)

समय अवधि जिम सदस्यता मासिक शुल्क प्रस्ताबित छुट
१ महिना ३,००० ५ %
३ महिना ७,००० ६ %
६ महिना १२,००० ७ %
१ वर्ष २०,००० १० %
उक्त सम्झौता अन्तर्गतसिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्रा. लि.मा सुविधा लिन चाहनुहुने प्रभु बैंककाग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा,सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछभन्ने बैंकले विश्वास लिएको छ ।