२०८१ बैशाख १४ , शुक्रवार

चाडपर्वलाई लक्षित गर्दै इसेवाले ल्यायो ‘मेरो यात्राको साथी’ अफर

सुनाखरी न्युज/ काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले आशन्न विभिन्न चाडपर्वलाई लक्षित गर्दै ‘मेरो यात्राको साथी’ नामक अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत यात्रुहरुले यात्रा गर्दा विभिन्न सेवामा आकर्षक क्यासब्याक पाइनेछ ।

 

अफरमा हवाईजहाज टिकेटिङ, बस टिकेटिङ, होटेल बुकिङ तथा अन्तर्राष्ट्रिय हवाईजहाज टिकेटिङमा आकर्षक अफरहरु सामेल गरिएका छन् । यसका साथै यो सेवा प्रयोग गर्ने एक भाग्यमानी प्रयोगकर्ताले बम्पर उपहार स्वरुप नयाँ सुजुकी एभेनिस स्कुटर प्राप्त गर्न सक्नेछन् । यस अफर अन्तरगत पहिलो पटक हवाइजहाज टिकट खरिदकर्ताको लागिः थप ३ प्रतिशत अथवा तीन सय रुपैयाँसम्म क्यासब्याक प्राप्त हुनेछ । जसका लागि प्रोमोकोड “NAYA” प्रयोग गर्नुपर्नेछ । यस्तै ३ वटा टिकट खरिद गर्दा थप रु १ सय ५० प्राप्त गर्न सकिनेछ ।

 

यसका लागि प्रोमोकोड थ्रिपावर उल्लेख गर्नुपर्नेछ । यस्तै इसेवा मार्फत भदौ १६ गतेदेखि एक महिनासक्म होटल बुक गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । इसेवा मार्फत होटल बुक गर्दा भदौ २२ र असोज १ गते १ बजेदेखि १:३० बजेसम्म आधाघण्टाका लागि ५० प्रतिशत अथवा ४ हजारसम्म छुट प्राप्त गर्न सकिनेछ । यस्तै भदौ १९, भदौ २२, असोज २ गते बुक गर्दा एक भाग्यशाली जोडीले रु ५ हजार बराबरको होटलमा बस्न पाउनेछन् । यस्तै अफर अन्तरगत बसको टिकट काट्दा हरेक दिन एक जना व्यक्तिले २ सय प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसैगरी अन्तराष्ट्र्रिय हवाइ टिकट खरिदमा हरेक आइतबार बेलुकी ४ देखि ५ बजेसम्म ५ प्रतिशत अतथा रु २५ सय सम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ । यो अफर भदौ १६ देखि असोज १६ गतेसम्म लागु हुनेछ । सेवाग्राहीले दिइएको प्रोमो कोडको अनिवार्य प्रयोग गर्नुपर्नेछ ।

 

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।