२०८१ बैशाख २६ , बुधवार

६५ वर्षीया वृद्धालाई बलात्कार आरोपमा एक युवक पक्राउ

सुनाखरी न्युज /गुल्मी – गुल्मीमा ६५ वर्षीय वृद्धालाई जवरजस्ती करणी गरेको आरोपमा ३६ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

 

जिल्लाको इश्मा गाउँपालिका ४ नयाँपोखराकी ६५ वर्षीय वृद्धालाई सोही स्थानका ३६ वर्षीय कृष्णबहादुर सार्कीले घरमा एक्लै भएको मौका छोपी भदौ १३ गते साँझ करिब ६ बजे जवरजस्ती करणी गरी फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 

 

फरार रहेका सार्कीलाई खोजतलास गर्दा गाउँमै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए । उनलाई प्रहरीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।