२०८१ बैशाख १४ , शुक्रवार

दोस्रो दिन पनि जबरामाथिको बयान जारी

सुनाखरी न्युज/ काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँगको दोस्रो दिनको बयान पनि सुरु भएको छ । बिहान ११ बजेदेखि सिंहदरवारस्थित कानून समितिको हलमा जबरासँगको बयान सुरु भएको महाअभियोग सिफारिस समितिका सदस्य एमाले सांसद डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिनुभयो । ‘तोकिएको समयमै उहाँमाथि बयान सुरु भएको छ,’ उहाँले भन्नुभयो ।

 

समितिले बुधबार झण्डै चार घण्टासम्म बयान लिएको थियो । समितिका अर्का सदस्य प्रमोद साहका अनुसार जबराले दिएका जवाफमा कतिपय व्यक्तिहरुको नाम जोडिएकाले उहाँहरुसँग पनि बयान लिन सकिने बताउनुभभएको छ । निलम्बित प्रधानन्यायाधीश राणाका लागि बयान लिन समितिले ४३ वटा प्रश्न तयार तयार गरेको छ ।

 

बुधबार चार वटा प्रश्नमाथि मात्र छलफल भएको थियो । राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गर्नुभएको थियो ।