२०८१ बैशाख १४ , शुक्रवार

कांग्रेसका केन्द्रिय नेता किरण गिरी संघीय संसद प्रतिनिधि सभा सांसद पदमा समानुपातिक उम्मेदवार सिफारिस

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नेता निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य किरण गिरी नेपाली कांग्रेस क्षेत्र नं.९ काठमाडौं बाट संघीय संसद प्रतिनिधि सभामा समानुपातिक उम्मेदवार सिफारिस हुनुभएको छ ।

नेपाली कांग्रेस क्षेत्रीय सभापती जयकृष्ण महर्जन को सभापतित्वमा आज सम्पन्न भएको बैठक ले पुर्ब केन्द्रीय सदस्य गिरी लाई प्रतिनिधि सभा सदस्य सांसद पदका लागी समानुपातिक उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो । निर्णय अगाडि आजको कार्यक्रममा बोल्दै नेपाली कांग्रेस केन्द्रीय नेता किरण गिरीले भन्नुभएको थियो :-

नेपाली कांग्रेस पार्टी को औपचारिक बैठक एबं मेरो आफ्नो भूगोल कर्म थलो र साथीहरू माझ मैले आगामी मंसिर -४ गते सम्पन्न हुन गइरहेको आम चुनाबमा संघीय संसद प्रतिनिधि सभा मा समानुपातिक तर्फ आफ्नो उम्मेदवारी प्रस्तुत गरेको छु
जय नेपाल ।
नेपाली कांग्रेसका आदरणीय केन्द्रीय नेता ज्यु हरु आदरणीय समकालीन नेता मित्रहरू र पार्टीका आम कार्यकर्ता साथीहरुमा हार्दिक अपिल गर्दछु , कि म नेपाली कांग्रेस को नीति , सिद्धान्त र आदर्श प्रति समर्पित हुदै नेपाली कांग्रेसको नीति र नेतृत्व लाई पुर्ण बिश्वास गरेर एउटा बेग्लै राजनीतिक पृष्ठभुमि बाट केन्द्रीय तहको पदाधिकारी परित्याग गरि राजनीतिक रुपान्तरण हुदै नेपाली कांग्रेस को केन्द्रीय सदस्य को भुमिका र जिम्मेवारी बहन गरेको हुं । नेपाली कांग्रेस जस्तो ऐतिहासिक र लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्य हुनु मेरो लागी अत्यन्तै गौरब र गर्ब को बिषय हो । यो ऐतिहासिक अबसरका लागी म नेपाली कांग्रेसका सभापति एबं प्रधानमन्त्री शेरबहादुर देउवा , नेतृत्व तह र केन्द्रीय कार्यसमिति लाई हार्दिक सम्मान र नमन व्यक्त गर्दछु । अब मैले मेरो बाकी राजनीतिक जीवन पुर्ण रुपमा नेपाली कांग्रेस मा समर्पित गर्ने घोषणा गरिसकेको छु ।

 

नेपाली कांग्रेसका केन्द्रीय सभापति एबं सम्माननिय प्रधानमन्त्री ज्यु र केन्द्रीय संसदीय समिति एबं केन्द्रीय कार्यसमिति मा मेरो संघीय संसद प्रतिनिधि सभा मा समानुपातिक तर्फ उम्मेदवारी स्वीकृत एबं निर्णयका लागी हार्दिक अपिल गर्दछु । समादरणिय नेतृत्व प्रति हार्दिक नमन सम्मान अर्पण समेत गर्दछु ।
सबैमा पुनः जय नेपाल को न्यानो सम्मान सहित :-
नेपाली कांग्रेस पार्टी को केन्द्र , जिल्ला , क्षेत्र , प्रदेश , पालिका र वडा वडामा संगठन सुदृढीकरण , बिस्तार एबं प्रचार प्रसार लगायत पार्टी गतिविधि र कार्यक्रमहरु मा सशक्त र प्रभावकारी रुपमा सक्रिय रहदै आएको यहाहरु लाई अबगतै छ । मेरो यो सक्रियता निरन्तर रुपमा अगाडि बढी रहने छ ।

 

मलाई निश्चित रुपमा थाहा छ र यो यथार्थ पनि हो कि नेपाली कांग्रेस पार्टी लाई आजको यो अवस्थामा ल्याउन मेरो भन्दा हजारौं गुना बढी यहाहरुको त्याग , तपस्या , योगदान र लगानी छ । म यो यथार्थ र आफ्नो धरातलीय बास्तविकता लाई कहिल्यै भुल्ने र बिर्सने छैन । यही बास्तविकता लाई आत्मसात गर्दै मैले आगामी मंसिर – ४ गते हुन गैरहेको आम निर्बाचनमा संघीय संसद प्रतिनिधि सभाको समानुपातिक तर्फ उम्मेदवारी दिने अनुमति यहाहरु बाट प्राप्त गर्दछु भन्ने बिश्वास व्यक्त गर्न चाहान्छु ।

म नेपाली कांग्रेस पार्टी को केन्द्रीय नेतृत्व एबं केन्द्रीय तह लगायत सबै तहका कार्यसमितिका निर्णय , नीति र निर्देश को पुर्ण रुपमा कार्यान्वयन गर्न र गराउन सदा दृढ़ र प्रतिबद्ध रहने छु । हुन त समानुपातिक निर्बाचन प्रणाली भनेको सिंगो मुलुक एक निर्बाचन क्षेत्र मानेर निर्बाचन गर्ने प्रणाली हो । यसको सम्पुर्ण निर्णय केन्द्रीय संसदीय समिति र केन्द्रीय कार्यसमितिले गर्ने हो । पार्टी को बिधान अनुसार सम्बन्धित संघीय संसदीय निर्बाचन क्षेत्रबाट उम्मेदवार को नाम सिफारिस र निर्णय भै आउनु अनिवार्य रहेको ले संघीय संसद प्रतिनिधि सभा को समानुपातिक तर्फ मेरो नाम उम्मेदवारी प्रस्ताव सिफारिस सहित निर्णय गर्न र गराइदिनहुन म नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं .- ९ क्षेत्रीय सभापति ज्यु र कार्यसमितिमा हार्दिक अपिल र अनुरोध गर्दछु । काठमाडौं जिल्ला सभापति ज्यु र कार्यसमिति र बगमती प्रदेश सभापति ज्यु कार्यसमितिमा सिफारिस सहित निर्णय का लागी समेत हार्दिक अपिल गर्दछु ।
यहाहरु सबैमा हार्दिक जय नेपाल ।
किरण गिरी , नेपाली कांग्रेसका पुर्ब केन्द्रीय सदस्य हाल महासमिति सदस्य काठमाडौं नेपाल ।