२०८१ बैशाख १४ , शुक्रवार

कु-प्रथा विरुद्धको अभियान निरन्तर

गोविन्द तिमिल्सिना/ हेमजा । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले सञ्चालन गर्दै आएको अभियान बुधबार पोखरा २५ हेमजामा गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जेष्ठ नागरिक समिति पोखरा २५ हेमजाका अध्यक्ष निलकण्ठ पौडेलले बोक्सी एक भ्रम भएको बताउदै मानिसको हेराइ दोषी भएको उल्लेख गरे । कार्यक्रममा संस्थाले निर्माण गरेको चलचित्र अग्निदहन प्रदर्शन गरिएको थियो । जेष्ठ नागरिक समिति पोखरा २५ हेमजाको ५ ओँ साधारण सभाको अवसर पारि कार्यक्रम आयोजना गरिएको हो ।

 

प्रतिष्ठान नेपालका अध्यक्ष कोबिदशरण उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत राष्ट्रिय अभियानका संरक्षक भुवनेश्वर पौडेलले र सञ्चालन सदस्य तथा पत्रकार गोविन्द तिमिल्सिनाले गरेका थिए ।