२०८१ बैशाख १४ , शुक्रवार

सानिमा बैंकको मोबाइल बैंकिङ्ग योजनामा विशेष अफर

सुनाखरी न्युज/ काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ ।

 

उक्त योजना अन्तर्गत, सानिमा मोबाइल बैंकिङ्गबाट पहिलो पटक Top-up गर्नुहुने ग्राहकहरुले १० प्रतिशत वा अधिकतम रु.१०० सम्मको क्यासब्याक प्राप्त गर्र्न सक्नुहुनेछ । यसैगरी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्ये सबै भन्दा बढी कारोबार गर्ने ३ जना ग्राहकहरुले मोबाइल फोन जित्न सक्नुहुनेछ । मोबाइल बैंकिङ्ग एप मार्फत् फन्ड ट्रान्सफर, बिल भुक्तानी, QR Code बाट भुक्तानी, मोबाइल टपअप आदि गर्न सक्नुहुनेछ । यो योजना २०७९ भाद्र १३ देखि २०७९ मंसिर १३ गतेसम्म लागू हुनेछ ।

 

सानिमा बंैकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (कजयउउष्लन यगतभितक), होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । विस्तृत विवरणको लागि https://www.sanimabank.com/products/cards/discount-outlets मा log in गर्नुहोला ।