२०८१ बैशाख १४ , शुक्रवार

कक्षा १२ को नतिजा छिट्टै प्रकाशन गर्ने तयारीमा परीक्षा बोर्ड

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षाफल छिट्टै प्रकाशित गर्ने गरी तयारी भइरहेको छ।

 

‘हामी नतिजा प्रकाशनमा जुटिरहेका छौं । प्राविधिक कठिनाइ नभए आजै नतिजा प्रकाशन गर्छौं ।’ उनले नतिजाको अन्तिम रुजु कार्य भइरहेको बताए । यसैगरी बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले पनि आजै नतिजा प्रकाशित गर्ने सम्भावना भएको बताए ।

 

परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।