२०८१ बैशाख १५ , शनिवार

रोमानिया पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । रोमानिया पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्ने २० वर्षीया पुन माया श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

वर्किङ भिषामा रोमानियाको फुड प्याकेजिङमा मासिक ७५ हजार रूपैयाँसम्म तलब पाउने गरी काममा लगाईदिन्छु प्रतिव्यक्ति ६ लाख रूपैयाँ लाग्छ भनि विश्वास दिलाई पीडितहरूबाट १७ लाख ७५ हजार रूपैयाँ रकम लिई सम्पर्क विहिन भएकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट पक्राउ गरेको हो ।

 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा पठाईएको छ ।