२०८१ बैशाख १४ , शुक्रवार

विश्व बैंकले  नेपाललाई १३ अर्ब ऋण दिने

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाललाई विश्व बैंकले  १० करोड अमेरिकी डलर (१३ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण दिने भएको छ । नेपालमा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) का लागि नयाँ विकास नीति ऋण (डीपीसी) का लागि नेपाल सरकार र विश्व बैंकबीच सहुलियतपूर्ण ऋण प्राप्ति सम्बन्धित सम्झौता पत्रमा सोमबार हस्ताक्षर भएको छ ।

यो ऋण  बजेटरी सहायताका रुपमा परिचालन हुने भएको छ । ग्रिड अन्तर्गत तीन सहुलियतपूर्ण ऋण डीपीसी मध्येको यो पहिलो ऋृङ्खला हो ।

 

सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले हस्ताक्षर गरेका छन् ।

स्ट्रेलकोभाका अनुसार यो सहायता भूमि प्रयोग, जलवायु स्मार्ट कृषि, दीगो वन व्यवस्थापन, शहरी फोहोर र प्रदूषणलगायतका क्षेत्रमा सरकारको प्राथमिकतामा रहेका नीतिगत कार्यमा खर्च हुने भएको छ ।