२०८१ बैशाख १९ , बुधवार

नागरिकता विधेयकमाथि छलफल गर्न विधायन समितिको बैठक आह्वान

सुनाखरी न्युज/ काठमाडौं ।

 

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आह्वान भएको छ । समितिका जेष्ठ सदस्य नारायण दत्त मिश्रका अनुसार नागरिकता विधेयकमा पुनर्विचार गर्न सोमबार मध्यान्न १२ बजेका लागि बैठक बोलाइएको छ ।

 

‘कसैले बाहिरका विज्ञहरु समेतलाई बोलाउनुपर्छ भनेका छन् । कसैले के भनेका छन् । अनेक कुरा गरेका छन् । तर, मैले समितिमा रहेका १५ जना सदस्यहरु राखेर ब्यापक छलफल गराएर पारित गर्ने सोचेको छु’ मिश्रले भने ।

 

आइतबार मात्रै राष्ट्रिय सभाले नागरिकता विधेयक पुनर्बिचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो ।