२०८१ बैशाख १४ , शुक्रवार

२ हजार अङ्क भन्दा तल झर्यो नेप्से

सुनाखरी न्युज/ काठमाडौं । बिक्री चाप बढ्दा नेप्से सूचक २ हजार विन्दु तल झरेको छ। १४ दिनसम्म २ हजारको विन्दुमा कारोबार भएको नेप्से आइतबार सो विन्दुभन्दा तल झरेको हो।

 

आइतबार नेप्से सूचक ३३.३६ अंकले घटेर १९८९.२७ विन्दुमा झरेको हो। पछिल्लो तीन कारोबार दिनमानै नेप्से सूचक ६८ अंकले घटिसकेको छ। आइतबार बजारमा बिक्री चाप बढ्दा कारोबार रकम पनि २ अर्ब माथि पुगेको छ। यस दिन २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँ बराबरको ६१ लाख ४८ हजार ३४१ कित्ता शेयर कारोबार भएको छ। यस दिन ५ वटा कम्पनीको मात्रै शेयरमूल्य केही बढेको छ। राधि विद्युतको शेयरमूल्य सबैभन्दा धेरै ५.९० प्रतिशतले बढेको छ भने आदर्श लघुवित्तको १.९८ प्रतिशत,मैलुङ खोला जलविद्युतको १.३४ प्रतिशत, युनिलिभरको ०.४१ प्रतिशत र सबैको लघुवित्तको ०.२२ प्रतिशतले बढेको छ।

 

यता रुरु जलविद्युतको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने अपर हेवाखोला जलविद्युतको ७.०३ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ६.७७ प्रतिशत,नारायणी डेभलपमेन्ट बैंकको ६.७१ प्रतिशत र बलेफी हाइड्रोपावरको ६.२९ प्रतिशतले घटेको छ। आइतबार अरुण कावेली हाइड्रोपावरको सबैभन्दा धेरै १० करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको ७ करोड १५ लाख, अपि पावरको ६ करोड २२ लाख, हिमालयन डिस्टिलरीको ६ करोड १९ लाख र रिडि पावरको ५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमा म्युचुअल फण्डबाहेक सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ। फाइनान्स र हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ।