२०८१ बैशाख १५ , शनिवार

पिपुल्स पावरको आईपीओे बाँडफाँट

सुनाखरी न्युज/ काठमाडौं । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको शेयर आज आइतबार बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा बाँडफाँट भएको हो ।

 

कम्पनीको शेयरमा १५ लाख ५१ हजार ४१३ वटा योग्य आवेदन परेको छ । मागभन्दा बढी आवेदन पारेकाेले धिताेपत्र तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथबाट २ लाख २९ हजार ४६८ जनालाई न्युनतम १० कित्ताको दरले २२ लाख ९४ हजार ६८० कित्ता शेयर वितरण गरिएको छ । त्यसपछि बाँकि भएको दुई कित्ता शेयर थप दुई जनालाई एक/एक कित्ता वितरण गरिएको छ ।

 

कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गते प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरिएको हो ।

 

आइपीओको नतिजा बिक्री प्रबन्धकको र निष्कासनकर्ता पिपुल्ल पावरको वेबसाइटबाट हेर्न सकिनेछ । यस्तै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि नतिजा थाहा पाउन सकिन्छ । आइपीओ नतिजाका लागि भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।