२०८१ बैशाख १४ , शुक्रवार

रु. ७०० ले सस्तियो सुन

सुनाखरी न्युज/ काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ ओरालो लागेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९५ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ६०० रुपैयाँ कायम भएको छ।

 

गत शुक्रबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९५ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार १६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार भाउ स्थिर रहँदै चाँदी १ हजार १७५ रुपैयाँमा किनबेच भएको थियो।