२०८१ बैशाख १४ , शुक्रवार

पर्यटक भिसामा खाडीमुलुक जान लागेका १९७ जना नियन्त्रणमा

सुनाखरी न्युज/ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पर्यटक भिसामा खाडीमुलुक जान लागेका एक सय ९७ लाई नियन्त्रणमा लिइएको छ ।

 

यही भदौ ८ देखि ११ गतेसम्म विभिन्न एयरलाइन्सको उडानद्वारा पर्यटक प्रवेशाज्ञा लिई खाडी मुलुकतर्फ प्रस्थान गर्न लागेका उनीहरूलाई विमानस्थलको प्रस्थान क्षेत्रबाट नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षा कार्यालयले जानकारी गराएको छ । विमानतर्फ प्रथान गर्ने क्रममा जाँच गर्दा उनीहरूको हवाई यात्रा अनुमति कागजात शङ्कास्पद देखिएकाले नियन्त्रणमा लिइएको जनाइएको छ ।

 

नियन्त्रणमा लिइएकामा एक सय तीन महिला र ९४ जना पुरुष छन् । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहलमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।