२०८१ बैशाख १४ , शुक्रवार

कांग्रेस केन्द्रीय नेता गिरीद्वारा संघीय संसद प्रतिनिधि सभाको समानुपातिक तर्फ उम्मेदवारी घोषणाको आकांक्षा व्यक्त

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय नेता एबं निबर्तमान केन्द्रीय सदस्य प्रखरबक्ता किरण गिरी द्वारा संघीय संसद प्रतिनिधि सभाको समानुपातिक तर्फ उम्मेदवारी घोषणाको आकांक्षा व्यक्त गर्नु भएको छ ।

 

आज एक प्रेस बक्तब्य प्रकाशित गर्दै कांग्रेस केन्द्रीय नेता गिरीले भन्नुभएको छ :-
नेपाली कांग्रेसका आदरणीय नेता र आम कार्यकर्ता ज्यु हरुमा हार्दिक अपिल गर्दछु ,
कि म नेपाली कांग्रेस को नीति , सिद्धान्त र आदर्श प्रति समर्पित हुदै नेपाली कांग्रेसको नीति र नेतृत्व लाई पुर्ण बिश्वास गरेर एउटा बेग्लै राजनीतिक पृष्ठभुमि बाट केन्द्रीय तहको पदाधिकारी परित्याग गरि राजनीतिक रुपान्तरण हुदै नेपाली कांग्रेस को केन्द्रीय सदस्य को भुमिका र जिम्मेवारी बहन गरेको हुं । नेपाली कांग्रेस जस्तो ऐतिहासिक र लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्य हुनु मेरो लागी अत्यन्तै गौरब र गर्ब को बिषय हो । यो ऐतिहासिक अबसरका लागी म नेपाली कांग्रेसका सभापति एबं प्रधानमन्त्री शेरबहादुर देउवा , नेतृत्व तह र केन्द्रीय कार्यसमिति लाई हार्दिक सम्मान र नमन व्यक्त गर्दछु । अब मैले मेरो बाकी राजनीतिक जीवन पुर्ण रुपमा नेपाली कांग्रेस मा समर्पित गर्ने घोषणा गरिसकेको छु ।

 

नेपाली कांग्रेस पार्टी को केन्द्र , जिल्ला , क्षेत्र , प्रदेश , पालिका र वडा वडामा संगठन सुदृढीकरण , बिस्तार एबं प्रचार प्रसार लगायत पार्टी गतिविधि र कार्यक्रमहरु मा सशक्त र प्रभावकारी रुपमा सक्रिय रहदै आएको यहाहरु लाई अबगतै छ । मेरो यो सक्रियता निरन्तर रुपमा अगाडि बढी रहने छ ।
आफ्नो बक्तब्यमा नेपाली कांग्रेस क्षेत्र नं. ९ का लोकप्रिय नेता एबं कांग्रेस महासमिति सदस्य किरण गिरी भन्नुहुन्छ :-
मलाई निश्चित रुपमा थाहा छ र यो यथार्थ पनि हो कि नेपाली कांग्रेस पार्टी लाई आजको यो अवस्थामा ल्याउन मेरो भन्दा हजारौं गुना बढी यहाहरुको त्याग , तपस्या , योगदान र लगानी छ । म यो यथार्थ र आफ्नो धरातलीय बास्तविकता लाई कहिल्यै भुल्ने र बिर्सने छैन ।

यही बास्तविकता लाई आत्मसात गर्दै मैले आगामी मंसिर – ४ गते हुन गैरहेको आम निर्बाचनमा संघीय संसद प्रतिनिधि सभाको समानुपातिक तर्फ उम्मेदवारी दिने घोषणाको आकांक्षा सहित यहाहरु बाट्स अनुमती प्राप्त गर्दछु भन्ने बिश्वास व्यक्त गरेको छु ।

म नेपाली कांग्रेस पार्टी को केन्द्रीय नेतृत्व एबं केन्द्रीय तह लगायत सबै तहका कार्यसमितिका निर्णय , नीति र निर्देश को पुर्ण रुपमा कार्यान्वयन गर्न र गराउन सदा दृढ़ र प्रतिबद्ध रहने छु । हुन त समानुपातिक निर्बाचन प्रणाली भनेको सिंगो मुलुक एक निर्बाचन क्षेत्र मानेर निर्बाचन गर्ने प्रणाली हो । यसको सम्पुर्ण निर्णय केन्द्रीय संसदीय समिति र केन्द्रीय कार्यसमितिले गर्ने हो । पार्टी को बिधान अनुसार सम्बन्धित संघीय संसदीय निर्बाचन क्षेत्रबाट उम्मेदवार को नाम सिफारिस र निर्णय भै आउनु अनिवार्य रहेको ले संघीय संसद प्रतिनिधि सभा को समानुपातिक तर्फ मेरो नाम प्रस्ताव गरि उम्मेदवारी सिफारिस सहित निर्णय गर्न र गराइदिनहुन म नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं .- ९ क्षेत्रीय कार्यसमितिमा हार्दिक अपिल र अनुरोध गर्दछु । प्रक्रिया गत सिफारिसका लागी अन्तर्गत का सबै वडा कार्यसमितिमा सिफारिसका लागि पालिका समिति , प्रदेश समितिहरु , जिल्ला समिति र बगमती प्रदेश समितिमा समेत प्रक्रिया गत सिफारिसका लागी हार्दिक अपिल गर्दछु ।
जय नेपाल ।

उम्मेदवारी सम्बन्धमा कांग्रेसको निर्देशन :-
२०७९ मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२(८) (क)(ख) र (ग) बमोजिम तथा प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी बिधानको धारा ३२(७)(क)(ख)(ग) र (घ) बमोजिमको प्रक्रिया पु¥याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिश गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालय मार्फत् निर्देश गर्ने ।
नेपाली कांग्रेसमा बहुआयामिक जिम्मेवारी र भुमिकामा उत्साह जनक रुपमा सक्रिय किरण गिरी :-
महासमिति सदस्य एबं निबर्तमा केन्द्रीय सदस्य नेपाली कांग्रेस
सदस्य – सचिब – नेपाली कांग्रेस बाढी पहिरो बिपद ब्यबस्थापन केन्द्रीय समन्वय समिति ।
केन्द्रीय प्रतिनिधि – ” घर घर जाऔं , कांग्रेस जिताऔं ” अभियान नेपाली कांग्रेस ।
सदस्य – केन्द्रीय निर्बाचन परिचालन आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उप समिति ।
सदस्य – घोषणा पत्र तयारी समिति नेपाली कांग्रेस ।
सदस्य सचिब – आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उपसमिति नेपाली कांग्रेस ।
केन्द्रीय नेता एबं प्रखर बक्ता – नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं.९ काठमाडौं नेपाल।
केन्द्र देखी वडा , क्षेत्रमा र जिल्ला जिल्लामा निरन्तर पार्टी संगठन सुदृढीकरण र बिस्तार लगायत गतिविधि र क्रियाकलापमा सशक्त रुपमा कृयाशिल ।
email – freelancerkiran@gmail.com
mobile – 9851060555 wath App र viber समेत ।

आम मतदाताहरुमा हार्दिक अपील ।
सबै तह र तप्कामा नेपाली कांग्रेसको बिजय सुनिश्चित ।
सकारात्मक सोच र रचनात्मक जिबनशैली नै सफलताको प्रमुख आधार हो । नेपाली कांग्रेसका केन्द्रीय नेता एबं निबर्तमान केन्द्रीय सदस्य हाल महासमिति सदस्य तथा संघीय संसद प्रतिनिधि सभामा समानुपातिक तर्फबाट उम्मेदवार किरण गिरी ले आगामी निर्बाचन पछि केन्द्र र प्रदेश दुबै तहामा नेपाली कांग्रेसको बहुमत को सरकार बन्ने दाबी समेत आफ्नो प्रेस बक्तब्यामा उल्लेख गर्नु भएको छ ।