२०८१ बैशाख १९ , बुधवार

सानिमा बैंकमा अब आस्वा शुल्क निःशुल्क

सुनाखरी न्युज/ काठमाडौं । सानिमा बैंकले आस्वा शुल्क नलिने घोषणा गरेको छ । अबदेखि लगानीकर्ताले यस बैंकको आस्वा सेवा प्रयोग गरे वापत कुनै शुल्क तिर्नुपर्ने छैन।

 

यस अघि सानिमाले आस्वा वापत २० रुपैयाँ शुल्क लिँदै आएको थियो । हाल ४ वटा बैंकले सी–आस्वा सेवा निःशुल्क प्रदान गर्दै आएका छन् ।

नेपाल धितोपत्र बोर्डले सी–आस्बा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ।