२०८१ बैशाख १४ , शुक्रवार

बोलायो नेपाल पुनर्बीमा कम्पनीले लाभांश पारित गर्न साधारणा सभा

सुनाखरी न्युज/ काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको भदौ ९ गते बसेको बैठकले लाभांश पारित गर्न साधारण सभा बोलाउने निर्णय गरेको हो ।

 

सभाले चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँको ५ प्रतिशतले हुन आउने ५८ करोड २५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश पारित गर्नेछ । उक्त बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

 

कम्पनीले लाभांश पारित गर्न भदौ ३० गते बिहीबार कार्की ब्याङ्केट, बबरमहलमा बिहान ११ बजे साधारण सभा समेत बोलाएको छ । साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले भदौ १९ गते बुकक्लोज गर्ने जनाएको छ। त्यसअनुसार भदौ १८ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।