२०८१ बैशाख १४ , शुक्रवार

सिर्जना, फेवा वेगनास र लेखनाथ चौतारीको पदस्थापना

सुनाखरी न्युज/ पोखरा । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ जे, नेपाल अन्र्तगतका तीनवटा क्लबको संयुक्त पदस्थापना कार्यक्रम पोखरामा सम्पन्न भएको छ । यसरी संयुक्त पदस्थापना कार्यक्रम गर्नेमा लायन्स क्लब अफ पोखरा सिर्जना चौतारी, फेवा वेगनास चौतारी र लेखनाथ चौतारी रहेका छन् ।

 

लायन्स क्लब अफ पोखरा सिर्जना चौतारी आजभन्दा ११ वर्ष अगाडि स्थापना भएको क्लब हो । यस्तै लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारी आजभन्दा ७ वर्ष अगाडि स्थापना भएको तथा लायन्स क्लब अफ लेखनाथ चौतारी हालै स्थापना भएको क्लब रहेको छ । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ जे, नेपालका डिष्ट्रिक गर्भनर तथा पदस्थापना अधिकृत ध्रुव श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । पदस्थापना गरिएका तीनवटै क्लबबाट डिष्ट्रिकले ठुलो अपेक्षा राखेका उनले सुनाए । यो वर्ष आफूले अगाडि सारेका कार्यक्रमलाई सफल बनाउन उनको जोड थियो । सोही कार्यक्रममा लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको स्पोन्सरमा खुलेको नयाँ क्लब लायन्स क्लब अफ सेतीगण्डकी स्टार्सको उद्घाटन समेत गरियो ।

गर्भनर श्रेष्ठले नयाँ क्लबको उद्घाटन गरेका हुन् । लायन्स क्लब अफ सिर्जना चौतारीका अध्यक्ष कृष्ण बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा मल्टिपल चिफ कोडिनेटर तथा पास्ट डिष्ट्रिक गर्भनर ध्रुव थापा, फस्ट भाइस डिष्ट्रिक गर्भनर हरिप्रसाद मरहठ्ठा, सेकेन्ड डिष्ट्रिक गर्भनर मिलन थापा, पास्ट मल्टिपल काउन्सिल चियरपर्सन प्रेम बहादुर श्रेष्ठ, डिष्ट्रिक सचिव मधुसुधन कोइराला, डिष्ट्रिक चिफ एडमिनिस्टे«टर शिवराम फुयालले लायन्स क्लबका विविध पक्षको बारेमा बताए ।

 

कार्यक्रममा लायन्स क्लब अफ सिर्जना चौतारीका संस्थापक अध्यक्ष तथा डिष्ट्रिक चिफ बालकृष्ण बराल, लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीका संस्थापक अध्यक्ष तथा डिष्ट्रिक चिफ सन्तोष घिमिरे, जोन चियर पर्सन तथा सिर्जना चौतारीका पूर्व अध्यक्ष राजु बराल, वर्तमान अध्यक्ष जनक कार्की, फेवा वेगनास चौतारीका निवर्तमान अध्यक्ष महेश्वर रिमाल, वर्तमान अध्यक्ष राजाराम पौडेल, लायन्स क्लब अफ पोखरा चौतारीका अध्यक्ष बुद्धराज बस्याल, लायन्स क्लब अफ सेती गण्डकी स्टार्सका अध्यक्ष प्रकाश विक, पोखरा सिर्जना चौतारीका सचिव कृष्ण सुवेदीले बोलेका थिए । पदस्थापना भएका तीन क्लब र उद्घाटन गरिएको नयाँ क्लबका अध्यक्षले आफ्ना भावी कार्यक्रमको बारेमा बेलिविस्तार लगाए । यसैगरी निवर्तमान भएका अध्यक्षहरुले आफ्नो कार्यकालमा गरेका कार्यक्रमहरुको विवरण सुनाए ।

 

सोही कार्यक्रममा लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीको चार्टर नाइट कार्यक्रम समेत सम्पन्न भयो । साइमन पार्टी प्यालेसमा भएको पदस्थापना, उद्घाटन तथा चार्टर नाइट कार्यक्रममा लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ जे, नेपाल अन्र्तगतका विभिन्न क्लबमा आवद्द व्यक्तिहरुको उपस्थिति रहेको थियो ।