२०८१ बैशाख १५ , शनिवार

निलम्बित प्रधानन्यायाधीश जबरालाई बयानका लागि बोलायो महाअभियोग सिफारिस समितिले 

सुनाखरी न्युज/ काठमाडौं ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग सिफारिस समितिको बैठकले बयानका लागि जबरालाई  बोलाउने निर्णय गरेको छ । समितिको बुधबार बसेको तेस्रो बैठकले जबरालाई भदौ १५ गते ११ बजे बयानका लागि बोलाउने निर्णय गरेको समितिका सभापति रामबहादुर विष्टले जानकारी दिए ।

 

विष्टले जबराअघि अन्य सदस्यहरुसँग पनि बयान लिने काम गरिने बताए । आजको बैठकले समितिको कार्यविधि र कार्यतालिका समेत टुङ्ग्याएको उनले छ ।

 

समितिले २९ भदौभित्र जबरा बिरुद्धको महाअभियोगबारे अध्ययन टुंग्याउने प्रस्ताव गरेको थियो । समितिले भदौ १८ वा १९ गते प्रतिनिधिसभामा महाभियोग समितिको प्रतिवेदन पेस गर्ने गरी कार्यतालिका बनाएको पनि विष्टले बताए ।