२०८१ बैशाख १४ , शुक्रवार

झिनो अंकले बढ्यो नेप्से

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार सामान्य अंकले बढेको छ ।

 

कारोबारको सुरुवातदेखि नै तिव्र उत्तारचढाव देखिएको नेप्से अन्नतः झिनो अंकले बढेर बन्द भएको हो । आज नेप्से २.८७ अंकले घटेर दुई हजार ५७ दशमलब ८५ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा एक अर्ब ५२ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।आज कारोबार भएका कम्पनीमध्ये १०१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७३ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

 

यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र मन्दाकीनी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको हो । नेप्सेका अनुसार आज सिद्धार्थ इक्युटी फण्ड शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेली पावर कम्पनीको भएको छ । यसको आज १६ करोड ९२ लाख भन्दा बढीको कारोबार भएको छ ।