२०८१ बैशाख १४ , शुक्रवार

घट्यो सुनचाँदीको भाउ

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा सुनको भाउ सोमबार ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो।

यो सँगै प्रतितोला फाइन गोल्ड ९५ हजार ३०० र तेजाबी गोल्ड ९४ हजार ८०० रुपैयाँ कायम भएको छ। हिजो आइतबार सुनको भाउ स्थिर थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९५ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार १६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो।