२०८१ बैशाख १५ , शनिवार

अखिल नेपाल स्वास्थ्य श्रमिक संघ गण्डकीमा शिव

शिशिर पौडेल / पोखरा । अखिल नेपाल स्वास्थ्य श्रमिक संघ गण्डकी मेडिकल कलेज इकाइ समितिको ५ औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले शिव प्रसाद पौडेलको अध्यक्षतामा ३ सदस्य पछि थप गर्ने गरि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

 

समितिको वरिष्ठ उपाध्यक्षमा शारदा उप्रेती, उपाध्यक्षमा विश्वराज घिमिरे सचिवमा सुमित्रा गायक सह सचिवमा विष्णु श्रेष्ठ कोषाध्यक्षमा नविन तामाङ र सदस्यहरुमा सुर्य व थापा, राधिका गुरुङ नेत्र कुमारी गौतम , करिष्मा गुरुङ चयन हुनुभएको छ । यसअघि सम्मेलनको उद्घाटन गर्दै अखिल नेपाल ट्रेड युनियनका उपाध्यक्ष एवं गण्डकी प्रदेशका इन्चार्ज एस वि थापाले आफ्नो हक अधिकार प्राप्तिका लागि सम्पूर्ण श्रमिक मजदुरहरुलाई आग्रह गर्नुभएको थियो।

अखिल नेपाल स्वास्थ्य श्रमिक संघ इकाइका अध्यक्ष उदय बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल स्वास्थ्य श्रमिक संघका महा सचिव टंकराज पौडेल गण्डकी मेडिकल कलेजका प्राचार्य डा रवीन्द्र सेष्ठ, नेपाल स्वास्थ्य श्रमिक संघका दिपक कार्की नेपाल स्वास्थ्य श्रमिक सङ्घ गण्डकी मेडिकल कलेज एकाइका सचिव डोलनाथ गौतम चोलाकान्त लगायतकाले बोल्नुभएको थियो।