२०८१ बैशाख १४ , शुक्रवार

नेप्सेमा सामान्य अंकको गिरावट

सुनाखरी न्युज /काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार ७.७२ अंकको गिरावटसँगै बजार बन्द भएको छ ।

 

आज नेप्से ७.७२ अंकले घटेर दुई हजार ६० दशमलब ५५ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा दुई अर्ब ४७ करोड ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ४७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १३२ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । मन्दाकीनी हाइड्रोपावर कम्पनी र अप्पर हेवाखोला हाइड्रोपावर शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

 

नेप्सेका अनुसार आज सिभर फल्स कम्पनीको र हिमालयन हाइड्रो पावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज १२ करोड २८ लाख भन्दा बढीको कारोबार भएको छ ।