२०८१ बैशाख १४ , शुक्रवार

सुुनको भाउ स्थिर

सुनाखरी न्युज /काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ स्थिर रहेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको हो। यो सँगै प्रतितोला फाइन गोल्ड ९५ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९५ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार रुपैयाँमा किनबेच भएको थियो।

 

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार १७० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार १८५ रुपैयाँमा किनबेच भएको थियो।