२०८१ बैशाख १४ , शुक्रवार

माछापुच्छ्रे बैंक र फेकनबीच बैंकिङ्ग सेवा प्रदान गर्ने सम्झौता

सुनाखरी न्युज /काठमाडौं । माछापुच्छ्रे बैंक र फ्रि एजुकेशनल कन्सल्टेन्सी अर्गनाइजेशनल नेपाल (फेकन) बीच बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ ।

 

उक्त सम्झौतापत्रमा फेकनको तर्फबाट अध्यक्ष बासु नेपाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत टिका भट्टराईले हस्ताक्षर गरे । सम्झौता पश्चात फेकनमा आवद्ध कन्सल्टेन्सीहरुलाई बैंकले शैक्षिक कर्जा एवम् अन्य आवश्यक बैंकिङ्ग सेवा सरल र सहज रुपमा उपलब्ध गराउने छ । बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट संघ तथा संघमा आवद्ध कन्सल्टेन्सीहरुलाई निक्षेप खाता, शैक्षिक कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहरुमा बिशेष सहुलियत प्रदान गर्नेछ ।

 

साथै उक्त सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरुले फेकनसँग आवद्ध कन्सल्टेन्सीहरुबाट सजिलै शैक्षिक शुल्क भुक्तानी गर्न सक्नेछन् ।