२०८१ बैशाख १४ , शुक्रवार

प्रतिनिधिसभाको आजको बैठक स्थगित

सुनाखरी न्युज /काठमाडौं । आज बिहान ११ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

कांग्रेस नेता प्रदीप गिरिको निधन भएकाले आजको बैठक सारिएको हो । आजको बैठक सोमबार एक बजेसम्मका लागि स्थगित गरिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिएका छन् ।

उनका अनुसार कांग्रेस नेता प्रदीप गिरिको निधनका कारण सांसद्हरु श्रद्धाञ्जली सभाहरु र अन्येष्टिमा व्यस्त हुने भएकाले आजको बैठक स्थगित गरिएको हो । गिरिको निधनमा भोलिको बैठकमा शोक प्रस्ताव पेस गरिने उनले जनाए ।