२०८१ बैशाख १४ , शुक्रवार

यौन स्वास्थ्यः ६ जिज्ञासा र उत्तर

सुनाखरी न्युज/ काठमाडौं ।
के महिलाभन्दा पुरुषले बढी सम्भोग इच्छा राख्छन् ?
पुरुषका लागि सम्भोग र चरम आनन्दको अनुभव गाँसिएको हुन्छ। ज्यादै कम अवसरमा मात्र पुरुषले सम्भोगबाट चरम आनन्द प्राप्त गर्दैनन्। तर, धेरैजसो अवसरमा पुरुषले सम्भोगबाट मज्जा पाउँछन्। तर, महिलामध्ये २५ प्रतिशतले मात्र (त्यो पनि मौकामा मात्र) चरम आनन्द पाउँछन्। सामाजिक रूपमा पुरुषलाई सम्भोग आनन्द लिन छुट छ। तर, महिलालाई त्यो छुट छैन। वास्तवमा समाजमा पुरुषको जुन प्रभुत्व छ, त्यसैको कारणले यसो भएको हो।
यौन क्रिडा र सम्भोग क्रियामा पुरुष पोख्त नभएसम्म महिलालाई चरम आनन्द प्राप्त नहुने र आमाहरूले पनि छोरीलाई पतिको यौन सन्तुष्टिको लागि सम्भोगलाइ कर्तव्यको रूपमा लिनुपर्छ भनी शिक्षा दिने हुनाले धेरैजसो महिला सम्भोग इच्छा प्रकट गर्दैनन्। तर, पश्चिमी सभ्यतामा त्यस्तो हुँदैंन।

यौन इच्छामा मदिरापानले कस्तो प्रभाव पार्छ ?
नियमित रूपमा र बढी मात्रामा मदिरापान गर्नाले यौन क्षमतामा प्रतिकुल प्रभाव पर्छ। मदिरापानले यौन इच्छा त बढाउँछ, तर यौन शक्ति भने घटाउँछ। थोरै मात्रामा लिँदा यसले उत्तेजकको रूपमा काम गर्छ। व्यग्र र लज्जाशिल मानिसलाई मदिराले तिनको व्यग्रता र लज्जा हटाइदिएर फाइदा गर्छ।

के गर्भनिरोधक खाने चक्कीले यौन इच्छा हटाउँछ ?
केही हदसम्म कसै–कसैलाई त्यसो हुन्छ। वास्तवमा यो शारीरिक भन्दा बढी मानसिक कुरा हो। कुनै–कुनै निद्रा लाग्ने औषधिले पनि त्यस्तो प्रभाव पार्छ।

सम्भोग क्रियामा सरसफाईको के भूमिका छ ?
प्रेमीहरू प्रेम गर्ने बखत एकदम फुर्तिलो र सरसफाई होस् भन्ने चाहन्छन्। फोहोरीपन त आत्मीय सम्बन्धलाई टुुक्र्याउने कारक तत्व बन्न सक्छ। गन्हाउने श्वासले प्रेमी वा प्रेमिकालाई निराश बनाउँछ। जननेन्द्रिय तथा शरीरको प्राकृतिक गन्धले पनि एक अर्काप्रति विकर्षण पैदा गर्छ।

सम्भोगपछि कस्तो सरसफाई हुनुपर्छ ?
साबुन र पानीले जननेन्द्रियहरू राम्ररी धोएर सफा गर्नुपर्छ। त्यसो भन्दैमा चरम आनन्दपश्चात् तुरून्तै एक अर्काको अंकमालबाट अलग भइहाल्नु पर्दैन। सम्भोगपछि पिसाब गर्नाले मूत्रनली सफा हुन्छ। पिसाब गरिसकेपछि साबुन र पानीले गुप्तांग राम्ररी सफा गर्नुपर्छ।

सम्भोग क्रियाबारे कसरी अनुभव गरिन्छ ?
कसै–कसैले सम्भोग क्रियाबाट सन्तोषको अनुभव गर्छन्। कसैले शिथिलता तथा पत्नीको निकटताको अनुभव गर्छन्। सम्भोगको बेलामा पत्नीको सम्पूर्ण शरीर पूर्ण रूपले क्रियाशिल हुन्छ। चरम आनन्दपछि शरीर शिथिल हुन्छ। तर, मनले काम गर्न थाल्छ। पुरुषले चरम आनन्दको बारेमा अथवा आफ्नी पत्नीको यौन सन्तुष्टिको बारेमा सोच्न थाल्छन्।
(स्रोत: यौन शिक्षा)