२०८१ बैशाख १५ , शनिवार

कुमारी बैंकबाट आईपिओ भर्दा सी-आस्बा शुल्क नलाग्ने

सुनाखरी न्युज /काठमाडौं । कुमारी बैंकले भदौ १ गतेबाट लागु हुने गरि आफ्नो सम्पूर्ण खाताहरुमा सी-आस्बा आवेदन शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

 

भाद्र १ उपरान्त कुमारी बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रद लगायतका पुंजीबजारका अन्य उपकरणहरुमा आवदेन दिदा कुनै शुल्क नलाग्ने बैंकले जनाएको छ । ग्राहकहरुको हित तथा पुंजीबजारमा जनमानसको बढ्दो सक्रियतालाई मध्यनजर गर्दै कुमारी बैंकले सो छुट ल्याएको बैंकले उल्लेख गरेको छ ।

 

यस बाट नयाँ लगानीकर्ता, युवा, विद्यार्थी लगायत बैंकका सम्पूर्ण खाताधारकहरु लाई विशेष लाभ प्राप्त हुने विश्वास बैंकले व्यक्त गरेको छ । बैंकले १९७ शाखा–संजाल, १९१ एटिएम, ४९ शाखारहित बैंकिंग इकाई तथा २४ एक्टेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिरहेको छ ।