२०८१ बैशाख १४ , शुक्रवार

युवतीको प्रयोग गरेर हनी ट्रयाप शैलीमा ठगी गरेको आरोपमा पाँच जना पक्राउ

सुनाखरी न्युज / काठमाडौं– युवतीको प्रयोग गरेर हनी ट्रयाप शैलीमा ठगी गरेको आरोपमा दाङ प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु मध्ये एक पुरुष र चार जना महिला छन्  । रोल्पाको परिवर्तन गाउँपालिका–५ का ४० वर्षीय दिलिपकुमार वली, दाङको घोराही उपमहानगरपालिका–१० कि ३२ वर्षीया पवित्रा डाँगी, सोही ठाउँकी ३२ वर्षकै बिमला डाँगी, सोही ठाउँकी २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया सर्मिला भनिने पर्मिला नेपाली छन् । सुनचाँदी व्यवसायी घर्तीलाई नारायणपुरकै २२ वर्षीया शर्मिला भन्ने प्रमिला नेपालीले फोन गरेकी थिइन् । नेपालीले आफ्नो तिलहरी बेच्नुपर्ने भएकाले कुरा गर्न कोठामा आउन भनेपछि घर्ती कोठामै गए ।

 

घर्ती युवतीको कोठामा गएपछि रोल्पा परिवर्तन गाउँपालिका– ५ का ४० वर्षीय दिलीपकुमार वलीसहितको समूह सोही वेला कोठाको ढोका ढकढक्याउन पुग्यो । युवतीसँग एउटै कोठामा रहेका घर्तीलाई उनीहरूले बलात्कार गरेको भन्दै कुटपिट गरे । बलात्कारको आरोपपछि त्यहाँ ठूलो बार्गेनिङ सुरु भयो। प्रहरीका अनुसार पहिलो चरणमा उनीहरूले घर्तीसँग घडेरीको डिमान्ड गरे । ‘सुरुमा ती युवतीको नाममा तुरुन्त एउटा घडेरी पास गरिदिन भनेछन्,’ जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले भने, ‘तर, घर्तीले आफूसँग घडेरी नभएको भनेपछि पैसा लेनदेनमा कुरा मिलाउन खोजेको देखिन्छ ।’

 

घडेरी नदिएपछि नगद एक लाख रुपैयाँ, दुईवटा चेकमा दुई दिन फरकको मिति राखेर दुई–दुई लाख र अर्को चेकमा सात लाख २० हजार गरी १२ लाख २० हजार रुपैयाँ लिन खोजे । चेक र नगद दिएपछि घर्तीले उनीहरूबाट छुटकारा पाए । तर, आफूसँग भएको मोटो रकम अनाहकमै लुटिएपछि उनी प्रहरीसमक्ष पुगे । त्यसपछि छानबिन गर्दा मुख्य योजनाकार रोल्पा परिवर्तन– ५ का वलीसहित नारायणपुरकै अजय बुढाथोकी, लोकेन्द्र मगरसहित सातजनाको संलग्नतामा योजना बनाएर फसाउन खोजेको भेटिएको प्रहरी नायब उपरीक्षक गौतमले बताए ।

बलात्कारको आरोपपछि त्यहाँ ठूलो बार्गेनिङ सुरु भयो। प्रहरीका अनुसार पहिलो चरणमा उनीहरूले घर्तीसँग घडेरीको डिमान्ड गरे। ‘सुरुमा ती युवतीको नाममा तुरुन्त एउटा घडेरी पास गरिदिन भनेछन्,’ जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले भने, ‘तर, घर्तीले आफूसँग घडेरी नभएको भनेपछि पैसा लेनदेनमा कुरा मिलाउन खोजेको देखिन्छ ।’

उनीहरूविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २५३ को उपदफा ३ ९ख० अन्तर्गत आपराधिक लाभ कसुरमा साउन २७ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको बताएको छ। कसैले व्यावसायिक या गैरकानुनी तरिकाले कुनै क्षति पुर्‍याउने वा चरित्रमा झुटो दोष लगाउने नियतले डरत्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।