२०८१ बैशाख १४ , शुक्रवार

वाणिज्य बैंकहरुमा फेरि बढ्न थाल्यो निक्षेप

सुनाखरी न्युज /काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार आउन थालेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार मंगलबारसम्म वाणिज्य बैंकहरुमा कुल निक्षेप ४४ खर्ब ३४ अर्ब रुपैयाँ रहेको छ ।

 

जुन सोमबारको तुलनामा १३ अर्ब रुपैयाँले बढेको हो । सोमबार भने बैंकहरुको कुल निक्षेप ४४ खर्ब २१ अर्ब रुपैयाँ रहेको थियो । यता, केन्द्रीय बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको कर्जा लगानीमा पनि केही विस्तार भएको छ ।

 

सोमबारसम्म ४१ खर्ब ६९ अर्ब रुपैयाँ रहेको कर्जा लगानी मंगलबारसम्ममा ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको हो । एक दिनमै कर्जा लगानी ३ अर्ब रुपैयाँले बढेको हो ।