२०८१ बैशाख १४ , शुक्रवार

फ्राइडे रिलिज : कृष्णलीला, प्रेमगञ्ज, माईकल अधिकारी एकसाथ प्रदर्शनमा

सुनाखरी न्युज /काठमाडौं– गत साता नेपाली सिनेमा हलमा शुक्रबार कुनै पनि फिल्म रिलिज भएका थिएनन्। यो साताको शुक्रबार  भने हलमा तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन । दीपक वली निर्देशित ‘कृष्णलीला’, रञ्जित रौनियारको ‘माईकल अधिकारी’ र परिच्छेद सेन निर्देशित ‘प्रेमगञ्ज’ रिलिज भएका हुन । भारतमा पछिल्लो साता चर्चा बटुलिरहेको हिन्दी डब फिल्म ‘कार्तिकेय २’ समेत प्रदर्शनमा आएको छ

 

।आजदेखि प्रदर्शनमा आएको ‘कृष्ण लिला’ फिल्मलाई दीपक ओलीले निर्देशन गरेका हुन्। आरआर फिल्म्सको प्रस्तुति रहेको यो फिल्मको कथा लक्ष्मण सुवेदीले लेखेका हुन्। फिल्ममा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नविन रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ। फिल्ममा प्रेम कथासँग सम्बन्धित विषयलाई प्रस्तुत गरिएको छ।

 

‘माईकल अधिकारी’मा सृष्टि श्रेष्ठ र सौगात मल्लको प्रमुख अभिनय छ । गोपिकृष्ण मूभिजले निर्माण गरेको फिल्मको कथावस्तु ‘सरोगेसी’मा आधारित छ । विपन्न दम्पतीले आर्थिक अभावमा कसरी मातृत्वलाई विक्री गर्छन र यसले भविष्यमा निम्त्याउने सामाजिक संकट फिल्ममा चित्रण छ ।

 

त्यस्तै, परिच्छेद सेनको डेब्यु निर्देशन रहेको फिल्म ‘प्रेमगञ्ज’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ। । प्रेमकथामा आधारित फिल्ममा बेनिशा हमाल, तेज गिरी, सुप्रिया खनाल, सिम्रन खड्कालगायतका कलाकारको अभिनय रहेको छ। फिल्मको कथा पनि निर्देशन सेनले नै लेखेका हुन्। फिल्म चलचित्र चौतारीको ब्यानरमा निर्माण भएको पहिलो फिल्म हो।