२०८१ बैशाख १४ , शुक्रवार

अस्पताल भर्ना भइन हिमानी शाह

 

काठमाडौं – पूर्वयुवराज्ञी हिमानी शाहलाई असपताल भर्ना भएकी छन् । घाँटी दुख्ने समस्या भएपछि उनी बुधबार मेडिसिटी अस्पतालमा भर्ना भएकी हुन् ।

 

उनी गत २४ साउनमा हिमानी ट्रष्टको कार्यक्रमका लागि अस्ट्रेलिया गएकी थिइन् । उनी सोमबार नेपाल फर्किएकी हुन् ।

 

उनमा घाँटीको समस्याका साथै उच्च ज्वरो रहेको बताइएको छ । उनी अस्पतालको ईएनटी डिपार्टमेन्टमा उपचाररत रहेको स्वकीय सचिव फणिराज पाठकले जानकारी दिए ।