२०८१ बैशाख १५ , शनिवार

सेयरधनीहरुलाई लाभांश लिन माछापुच्छ्रे बैंकको आग्रह

सुनाखरी न्युज / काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकका विभिन्न साधारणसभा बाट पारित लाभांश लिन बैंकले अनुरोध गरेको हो ।

 

बैंकको आर्थिक बर्ष २०७३र७४ देखि ०७६र७७ सम्मको साधारणसभाले पारित गरेका लाभांशहरु केहि सेयरधनीहरु हालसम्म पनि नलिएकोले उक्त लाभांश पुर्जा लिन बैंकले सेयरधनीहरुलाई आग्रह गरेको हो । सेयरधनीहरुले बैकको सेयर शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

 

हालसम्म पनि डिम्याट खाता नखोलेका सेयरधनीहरु भएमा डिम्याट खाता खोल्न र डिम्याट खाता भएर पनि बैंक खाता अद्यावधिक नगरेको भएमा बैंक खाता अद्यावधिक गर्न समेत आग्रह गरेको हो ।