२०७९ आश्विन १६ , आइतवार

मानिसबाट जनावरमा मंकीपक्स संक्रमण सरेपछि सचेत हुन डब्लूएचओको अनुरोध

सुनाखरी न्युज / न्युयोर्क – डब्लूएचओले मंकीपक्स संक्रमण मानिसबाट कुकुरमा सर्ने पहिलो पटक रिपोर्ट गरेपछि मंकीपक्सबाट सङ्क्रमित व्यक्तिहरूलाई जनावरसँगको सम्पर्कबाट जोगिन आह्वान गरेको छ ।

 

गत हप्ता मेडिकल जर्नल द ल्यान्सेटमा मंकीपक्स मानिसबाट कुकुरमा सर्ने पहिलो केस रिपोर्ट गरिएको थियो । फ्रान्सको राजधानी पेरिसमा सँगै बस्ने दुई जना पुरुषबाट र उनीहरूका इटालियन कुकुरमा मंकीपक्स सरेको थियो । गत हप्ता मेडिकल जर्नल द ल्यान्सेटमा मंकीपक्स मानिसबाट कुकुरमा सर्ने पहिलो केस रिपोर्ट गरिएको थियो । फ्रान्सको राजधानी पेरिसमा सँगै बस्ने दुईजना पुरुषबाट र उनीहरूका इटालियन कुकुरमा मंकीपक्स सरेको थियो ।

 

 

‘मानवबाट जनावरमा सर्ने यो पहिलो घटना हो । हामी विश्वास गर्छौं कुकुरमा मंकीपक्स सङ्क्रमण भएको यो पहिलो घटना हो’, डब्लूएचओका रोजामुन्ड लुइसले भने । मानिसबाट जनाबरमा मंकीपक्स संक्रमण सरेसँग डब्लूएचओले सावधानी दर्शाउन सबैलाई आग्रहसमेत गरेको छ । ‘मानवबाट जनावरमा सर्ने यो पहिलो घटना हो । हामी विश्वास गर्छौँ कुकुरमा मंकीपक्स सङ्क्रमण भएको यो पहिलो घटना हो’, डब्लूएचओका रोजामुन्ड लुइसले भने । मानिसबाट जनावरमा मंकीपक्स संक्रमण सरेसँग डब्लूएचओले सावधानी दर्साउन सबैलाई आग्रहसमेत गरेको छ ।