२०७९ आश्विन १९ , बुधवार

घट्यो सुनको मूल्य

gold

सुनाखरी न्युज /काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ ।

 

महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य १५ रुपैयाँले घटेको हो ।

 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार नौं सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार चार सय रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा ११ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।