२०८१ बैशाख १४ , शुक्रवार

सामाजिक सुरक्षा कोषको ‘सापटी योजना’ सुरु, घर बनाउन ७० लाखसम्म सापटी

सुनाखरी न्युज /काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रविधि निर्यात गर्ने देशको रुपमा नेपाललाई विकसित गर्नुपर्ने बताउनुभएको छ ।

 

बुधबार मन्त्रालयमा भएको सामाजिक सुरक्षा कोष शुभारम्भ गर्दै मन्त्री कुँवरले केही समय पहिला सामाजिक सुरक्षा कोष हात बाँधेर बसेको छ भन्नेजस्ता आरोप लागेपनि अब भने सक्रिय भएको बताउनुभयो । उहाँले सामाजिक सुरक्षा कोषलाई अझै व्यवस्थित गर्ने, दायरा बढाउने, सामाजिक सुरक्षा कोष सबैको सुरक्षित गन्तव्य हो भन्ने महशुस गराउन आवश्यक्ता रहेको बताउनुभयो ।

 

कार्यक्रममा मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष एकनारायण अर्यालले कोषले योगदानकर्ताहरुलाई उत्प्रेरणा गर्ने हिसावले सापटी योजना शुरुवात गरेको बताउनुभयो । उहाँले भदौ १ गतेदेखि घर सापटीका लागि ७० लाख, शैक्षिक सापटीका लागि ३० लाख र सामाजिक सापटीको लागि ५ लाख रुपैयाँ उपलब्ध गराउने बताउनुभयो ।

 

सचिव अर्यालले बैंकिङ प्रणाली भन्दा सामाजिक सुरक्षा कोष एक कदम अगाडि गएको समेत दाबी गर्नुभयो । उहाँले योगदान कर्ताको मोबाइलमा घण्टी बज्ने गरेर अकाउण्टमा पैसा जाने प्रणालीको विकास गरेको बताउनुभयो