२०८१ बैशाख १४ , शुक्रवार

गणतन्त्र इन्डोनोसियाको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा झण्डोत्तलन

सुनाखरी न्युज /काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ७७ औँ स्वत्रन्त्रता दिवसको अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्पेक्स परिसर, पानीपोखरी, काठमाडौँस्थित कार्यालयमा झण्डोत्तलनको कार्यक्रम सम्पन्न भएको छ ।

कार्यालयको प्राङ्गणमा बुधबार बिहान आयोजित एक कार्यक्रमबीच नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतएवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको झण्डोत्तलन गर्नु भएको हो । कार्यक्रममा अवैतनिक वाणिज्य दूत ढकालले इन्डोनेसियाको ७७ औँ स्वतन्त्रता दिवसका अवसरमा शुभकामना मन्तब्य व्यक्त गर्दै नेपाल र गणतन्त्र इन्डोनेसिया बीच सुमधुर सम्बन्ध रहेको र आगामि दिनमा यसलाई जनस्तर सम्म पु¥याउन आफूले प्रयास गरिरहेको बताउनुभएको छ ।

उहाँले दुई देशबीचको आपसीव्यापार तथाअनुभवआदानप्रदानले दुवै देशका जनता तथा सरकारले फाइदालिन सक्ने प्रसस्त सम्भावना रहेकोले यो सम्बन्ध लाई आगामिदिनमाअझ प्रगाढ र मजबुद बनाउनुपर्ने कुरामाजोड दिनुभयो । नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालकालागि इन्डोनेसियाको गैह्र आवासीय राजदूतको कार्यालय बंगलादेशको राजधानी ढाकामा रहेको छ । इन्डोनेसिया आसियान राष्ट्रहरु मध्यको सबैभन्दा ठूलो अर्थतन्त्रहो । नेपाल र इन्डोनेसिया बीचको व्यापारको परिमाण पनिठूलो रहेको छ । दुई देश बीच पर्यटन लगायत व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरु रहेका छन् ।

झण्डोत्तलन कार्यक्रममा नेपालमा बसोबास गर्दै आइरहेका इन्डोनेसियन मूलका नागरिक, वाणिज्यदूत कार्यालय तथा आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।