२०८१ बैशाख १४ , शुक्रवार

FOODGANJ को शाखा पोखरामा पनि !

सुनाखरी न्युज /काठमाडौं । अनलाइन फुड डेलिभरी कम्पनी FOODGANJ ले स्थापनाको छोटो समयमा नै केन्द्रिय कार्यालय काठमाडौं सहित ललितपुर र नेपालगञ्‍जमा शाखा विस्तार गरि सेवा दिँदै आइरहेकोमा अबको दिनबाट थप शाखाको रूपमा पोखराबाट पनि आफ्‍नो सेवा विस्तार गरेको छ ।

 

एक कार्यक्रमका समारोह बिच कम्पनीका सञ्‍चालक समितिका सदस्य श्री पूर्ण बहादुर रानाले रिबन काटेर विधिवत् रूपमा कार्यक्रमको उद्‍घाटन गर्नुभएको थियो । पोखराका ग्राहकहरूलाई मध्यनजर गरी कम्पनीले पहिलो महिना १५-२५% सम्म क्यासब्याकका साथै फ्रि डेलिभरीको विशेष छुट दिने जानकारी कम्पनीका प्रबन्ध निर्देशक सुरज थापा मगरले गराउनुभयो ।

 

साथै उपत्यकाभित्र बिहान ३ बजेसम्म र नेपालगञ्‍जमा बेलुका १० बजेसम्म सेवा दिँदै आइरहेकोमा पोखरामा पनि बेलुका १० बजेसम्‍म सेवा दिने र ग्राहकप्रति समर्पित भई सेवालाई थप छिटो र छरितो बनाउँदै अबको केही महिना भित्र नै पोखरालाई लक्षित गरि फुड डेलिभरीसँगै अन्य थप फरक खालको सेवा पनि उपलब्ध गराउने घोषणा गर्नुभयो ।