२०८१ बैशाख २९ , शनिवार

अर्थमन्त्री शर्मा र धरानका मेयर साम्पाङ्गबीच भेट

सुनाखरी न्युज /काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आबश्यक सहयोग गर्न संघीय सरकार प्रतिबद्द रहेको बताउनु भएको छ।

 

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गसंग मंगलबार अर्थ मन्त्रालयमा भएको भेटका अवसरमा मन्त्री शर्माले आवश्यक प्राबिधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन संघीय सरकारले महानगरपालिकालाइ सहयोग गर्ने आश्वसन दिनुभयो ।भेटमा मन्त्री शर्माले मेयर साम्पाङ्ग र उहाको टीमले धरानका जनताको खानेपानीको समस्या समाधान गर्न गर्नुभएको जनपरिचालनको उच्च प्रशंशा गर्नु भयो।

 

‘तपाईंले अहिले खानेपानीको समस्या समाधानका लागि गरिरहेको जनपरिचालन निक्कै उदाहरणीय छ’, मन्त्री शर्माले भन्नुभयो भेटमा मेयर साम्पाङ्गले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाले भन्नु भयो ‘तपाईंहरु हाम्रो अविभावक हो जनताको यो समस्या समाधान गर्न आबश्यक सहयोग गरिदिनुहोला्।’भेटमा धरान महानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम बेघा पनि हुनुहुन्थ्यो।