२०८१ बैशाख १४ , शुक्रवार

सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम उद्घाटन

सुनाखरी न्युज /काठमाडौं । सशस्त्र प्रहरी बल राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा साउन २९ गतेदेखि सि.सं. १४ सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम संचालन भएको छ ।

उक्त तालिम सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । सोही अवसरमा उहाँले प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले तालिम अवधिमा सिक्ने र सिकाउछु भन्ने भावना लिएर अगाडी बढ्न सकियो भने कार्यक्षेत्रमा आईपर्ने जुनसुकै चुनौतीलाई पनि सामना गर्न सकिने बताउनुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले दर्जासँगै बढेको जिम्मेवारी पुरा गर्न तालिम अपरिहार्य रहेको बताउनुहुँदै तालिममा सहभागी अधिकृतहरु अनुशासित, इमान्दारिता र कर्तव्यनिष्ठ भई पुरा गर्नेतर्फ लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

 

१२ हप्ता अवधिको उक्त तालिममा सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक र सशस्त्र प्रहरी नायव निरीक्षकबाट बढुवा हुनुभएका १०३ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन् ।