२०८१ बैशाख २९ , शनिवार

सार्वजनिक शौचालयमा नायक सबिनले राखे सेनेटरी प्याडको बाकस

सुनाखरी न्युज / काठमाडौं अभिनेता सबिन श्रेष्ठले र उनकी प्रेमिका अभिनेत्री अनु शाहले काठमाडौंका पाँच सार्वजनिक शौचालयमा निस्शुल्क रुपमा सेनेटरी प्याडसहितकको बाकस राखेका छन् ।

 

केही दिनअघि सबिनले काठमाडौंका पाँच सार्वजनिक शौचालयमा सेनेटरी प्याडसहितकको बाकस राख्ने बताएका थिए। उक्त प्रतिबद्धताअनुसार उनीहरुले गौशाला, नयाँ बसपार्क, रत्नपार्क, भृकुटीमण्डप र स्वयम्भुमा सार्वजनिक शौचालयमा बक्ससहित निशुल्क महिनावारी प्याड राखेका हुन् ।

 

 

काठमाडौंको पाँच सार्वजनिक शौचालयमा बक्ससहित सेनेटरी प्याड राख्दा खुसी लागेको सबिनले बताएका छन्।