२०८१ बैशाख १४ , शुक्रवार

हेटौंडामा एक अर्कासँग पाँच वटा सवारीसाधन ठोक्किदा , १५ जना विद्यार्थी घाइते

सुनाखरी न्युज /  हेटौंडामा का पाँच वटा सवारीसाधन ठोक्किएका छन् । सोमबार बिहान ९०५ बजे हेटौंडाको पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकले जानकारी दिए ।राजमार्गमा स्कुल बस, ट्रक, ट्यांकर, कार र लरी दुर्घटनामा परेको हो ।

 

दुर्घटना हुँदा विद्यार्थीहरूसहित १५ जना घाइते छन्। उनीहरूको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सबैको अवस्था सामान्य नै रहेको कार्कीले बताए ।सुरूमा रिलायन्स स्कुलको बसलाई पछाडिबाट ना ५ ख ६२५४ नम्बरको ट्रकले ठक्कर दिएको थियो फेरि सोही ट्रकले गएर लु १ क ७३७० नम्बरको ट्यांकरलाई ठक्कर दिएको थियो । त्यस ट्यांकरले कारलाई ठक्कर दिएको थियो ।

 

 

त्यस्तै ट्रकले फेरि गएर सडकमा रोकिराखेको प्रदेश २(०३(००१(ख २५०६ नम्बरको लरीलाई ठक्कर दिएको हो । बस र ट्रक हेटौंडातर्फ आउँदै थियो । ट्यांकर विपरीत दिशामा जाँदै थियो, कार्कीले भने, ‘त्यही बेला दुर्घटना भएको हो । धेरै ठूलो क्षति भएको छैन । घटनाबारे थप अनुसन्‍धान भइरहेको प्रहरीले जनाएको छ ।