२०८१ बैशाख १४ , शुक्रवार

राजन पिया नासा नेपाल बागमती प्रदेश अध्यक्षमा चयन

सुनाखरी न्युज/ काठमाडौं । नेपाल अटो मोबाइलस एसोसीएसन ( नासा नेपाल ) बागमती प्रदेशको अध्यक्ष्मा चितवनका राजन पिया चयन भएका छन्। बाग्मति प्रदेशको७ जिल्लाका प्रधिनिधीहरुको चितवनको नारायणघाटमा सम्पन्न भएको भेलाले चितवनका पियाको अध्यक्षतामा १३ सदस्यीय प्रदेश संघ चयन गरेकोछ ।

 

बागमती परदेश खेलकुद विकास परिषदका सदश्य सचिव सुर्यलाल भण्डारी तथा एफ आइ ए वोल्र्ड काउन्सील मेम्बर गोवीन्द भट्टराईको उपस्थितिमा सम्पन्न सो भेलाले प्रदेश संघको चयन संगै वार्षिक कार्यक्रम अनुमोदन, सदश्यता वितरण तथा भरतपुर महानगरपालिका संग सडक सुरक्षाका लागि सहकार्य गर्ने लगायतका निर्णयहरु गरेको छ । भेलाले काभ्रेका दिपेश योगल श्रेष्ठ ,चितवनका गोपाल भट्टराई , काठमाडौँका कुन्दन श्रेष्ठ ,चितवनका यज्ञ पौडेल, धादिङ्गका इन्द्र त्रिपाठी , चितवनका जनक ढकाल, सिन्धुलीका गोबर्दन राज कोजु, मकवानपुरका रञ्जन श्रेष्ठ , चितवनका देबेन्द्र अधिकारी , दोलखाका नजरमान मानन्धर र चितवनका प्रसिध रिजाल लाई सदश्यमा चयन गरेको छ ।

 

त्यसैगरि रोड सेफ्टी बाट इन्जिनीयर पुरन सुबेदी र महिलामा सोमा श्रेष्ठ (काभ्रे) र सुनिता रेग्मी (चितवन) समेत सदश्यमा चयन भएका छन्। मोटर र मोटरसाइक्लिङ्ग स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी तथा डा«इभ टुरीजम र सडक सुर्क्षाको क्षेत्रमा क्रियाशील रहने गरि ढेड दशक अगाडी स्थापित नासा नेपालले हाल बिभिन्न्प्रदेश संघहरु गठन गरिरहेको छ ।