२०८१ बैशाख १४ , शुक्रवार

निर्वाचन आयाेगमा जनमत पार्टी १ नम्बरमा

सुनाखरी न्युज/ काठमाडौं- निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबारबाट दल दर्ता कार्यक्रम सुरु गरेको छ । आउँदो ४ मंसिरमा हुने प्र्तिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले आइतबारबाट दल दर्ता कार्यक्रम सुरु गरेको हो । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन जनमत पार्टी (जपा) निर्वाचन आयोगमा १ नम्बरमा दर्ता भएको छ ।

 

पार्टी उपाध्यक्ष वसन्त कुशवाहा, बविता इसार, नरेन्द्र चौधरी, महासचिव चन्दन सिंह र कोषाध्यक्ष सूर्यनारायण यादवलगायतका नेताहरू दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए ।