२०८१ बैशाख १४ , शुक्रवार

वाइवाइको तौल घट्यो, मूल्य बढ्यो

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालको सबैभन्दा बढी रुचाइने चाउचाउ ब्रान्ड ‘वाइवाइ’ ले पछिल्लो दुई महिनामा दुई पटक मूल्य बढाएको छ । वाइवाइले मूल्य मात्रै बढाएको छैन, चाउचाउको तौल घटाएर बजारमा पठाएको पाइएको छ ।

 

वाइवाइले पछिल्ला केही हप्तामै लगातार दुई पटक मूल्य बढाएको र एक पटक १० ग्राम तौल घटाएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

 

सार्वजनिक रुपमा वाइवाइले मूल्य बढाएको जानकारी दिएको छैन । तर, प्याकटेमा मूल्य बढ्ने र तौल घट्ने एकसाथ भएर आएकाले धेरै ग्राहकले आश्चर्य प्रकट गरेका छन् ।