२०८१ बैशाख १४ , शुक्रवार

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

सुनाखरी न्युज / काठमाडौ- चितवनमा घाँस काट्न वन गएकी एक महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका– ६ देवनगरस्थित दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय ५१ वर्षीया माया विकको मृत्यु भएको हो। उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइँदै छ।