२०८१ बैशाख १४ , शुक्रवार

प्रचण्ड आज जापान जाँदै

सुनाखरी न्युज / प्रचण्ड आज जापान जाँदैछन्  । शुक्रबार राती १० ३० मा प्रचण्ड जापान उड्ने उनको सचिवालयले जनाएको छ । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान जान लागेका हुन् ।

 

 

उनी साउन २५ मा स्वदेश फर्किनेछन् । जापानमा प्रचण्डले राजनीतिक भेटघाट गर्नेबारे भने केही टुंगो भएको छैन । प्रचण्डले यसअघि असार अन्तिममा भारतको भ्रमणमा गएका थिए ।

 

 

प्रचण्डसँगै उनको सचिवालयमा रहेका चार जना पनि जापान जान लागेको स्रोतले बताएको छ ।