२०८१ बैशाख १४ , शुक्रवार

अष्ट्रेलियामा गोली चल्दा ३ जनाको मृत्यु

सुनाखरी न्युज / काठमाडौँ- उत्तरी अष्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु हुनुका साथै अर्का एक जना गम्भीर घाइते भएका छन् ।

 

स्थानीय समयअनुसार बिहीबार बिहान क्वीन्सल्याण्डको बोगीमा रहेको एउटा गाईबस्तु फार्ममा गोली चलेको अधिकारीहरूले बताएका छन् । क्वीन्सल्याण्ड पुलिसले ‘हत्यारा’ को खोजी गर्दै घटनास्थल वरपर घेरा हालेको छ । घटनाका दोषीको प्रहरीले अनुसन्धान सुरु गरिरहेको छ ।