२०८१ बैशाख १४ , शुक्रवार

स्रोत नखुलेको रकमसहित एक पक्राउ

सुनाखरी न्युज / काठमाडौँ- काठमाडौं महानगरपालिका-६ तीनचुली बगला मार्ग बस्ने गोरखा चुम नुब्री गाउँपालिका-१ घर भएका २४ वर्षीय धावा घ्याल्चेनलाई स्रोत नखुलेको ४९ लाख ५० हजार ५० रूपैयाँसहित बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

 

काठमाडौं महानगरपालिका-६ भृकुटी चोकबाट बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा आएका घ्याल्चेनलाई स्रोत नखुलेको नगद ३२ लाख ५० रूपैयाँ सहित फेला पारी प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि उनको डेरा कोठाबाट थप १७ लाख ५० हजार रूपैयाँ फेला पारेको प्रहरीले जानकारी दिएको छ।